नमुना युवा नगरसभा

सुन्दरहरैचा नगरपालिकमा आजबाट जिल्ला युवा समिति मोरङ र सुन्दरहरैँचा नगरपालिकाको संयुक्त आयोजनामा चार दिने नमुना युवा नगर सभा उदघाटन भएको छ । सुन्दरहरैँचा नगरपालिका स्थित त्रिवेणी रिर्सोटमा आज एक समारोहको बिच कोशी प्रदेशसभाको उप सभामुख सृजना दनुवारले उदघाटन गर्नु भएको छ । कार्यक्रमको उदघाटनमा बोल्दै उप सभमुख दनुवारले युवाहरुलाई कानुन निर्माणको नितिगत ज्ञान प्रदान गर्ने बताउनु भयो, उहाँले कार्यक्रममा बोल्दै युवाहरुलाई राजनितिमा आकर्षण गर्न सशक्तिकरण यस्तो कार्यक्रमले सहयोगहुने बताउनु भयो ।


नमुना युवा नगर सभा जिल्ला युवा समितिको समन्वयमा गत बर्षबाट सुन्दरहरैचामा वार्षिकरुपमा आयोजना हुदैँ आएको छ । युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि हरेक बर्ष नमूना युवा संसद गठन गर्ने गरेको जिल्ला युवा समिति मोरङका अध्यक्ष सन्तोष घिमिरेले बताएका छन् ।

युवालाई नगरसभाको निर्णय प्रकृया र कार्यको ज्ञान दिई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका नमुना नगर युवा सभा कार्यक्रम भइरहेको छ । यसबाट युवालाई नेतृत्व विकास गर्न सहयोग पुगेको छ । स्थानीय तहका वडामा वडास्तरीय युवाक्लब गठन गरिएको छ । नमुना नगरसभामा पालिका १२ वटा वडाबाट ४५ जना सहभागी भएका छन् । सहभागीहरुलाई चार दिन सम्म नगरसभाबाट कानुन निमार्ण, नगरसभाको संसदीय अभ्यास र यसका प्रकृयाहरु, स्थानिय तहमा बजेट निर्माणका प्रकृयाहरु र स्थानिय सरकारमा युवाहरुको अर्थपूर्ण सहभागीताका बारेमा प्रशिक्षणहुने प्रशिक्षक सरोज ढकालले बताए ।

Leave a Reply